Kathmandu Press

देशका ७६ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौं, असार ८ : कोरोना भाइरसको संक्रमण देशका ७६ जिल्लामा देखिएको छ। एक जिल्लामा मात्रै संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

स....

देशका ७६ जिल्लामा फैलियो कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालय।

काठमाडौं, असार ८ : कोरोना भाइरसको संक्रमण देशका ७६ जिल्लामा देखिएको छ। एक जिल्लामा मात्रै संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको हो। आइतबार बिहानसम्म ७५ जिल्लामा मात्रै कोरोना देखिएको थियो।

आइतबार साँझ आएको रिपोर्टमा ओखलढुंगामा पनि कोरोना देखिएको हो। ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षीय युवकमा कोरोना देखिएको हो। यससँगै कोरोना संक्रमण ७६ जिल्लामा पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, रसुवाबाट पनि शंकास्पद आठ जनाको स्वाब संकलन गरेर पठाइएको थियो। आइतबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ।

अहिलेसम्म देशभर नौ हजार २६ जनामा कोरोना देखिएको छ। जसमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार सात सय ७२ जना निको भएका छन्। सोमबारसम्म सात हजार दुई सय ३१ जना आइसोलेसनमा रहेका छन्।

सबैभन्दा बढी प्रदेश २ मा तीन हजार २९ जनामा कोरोना देखिएको छ। कोरोनाबाट तीन जनाको मृत्यु भएको छ भने आठ सय १० जना निको भएका छन्।

दोस्रो नम्बरमा प्रदेश ५ रहेको छ। यो प्रदेशमा दुई हजार चार सय ६७ जनामा कोरोना देखिएको छ। आठ जनाले ज्यान गुमाएका छन् भने चार सय ५२ जना निको भएका छन्।

कर्णाली प्रदेश तेस्रो नम्बरमा रहेको छ। यहाँ एक हजार दुई सय ७८ जनामा कोरोना देखिएको छ। अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने एक सय २५ जना निको भएका छन्।

चौथो नम्बरमा रहेको सुदूरपश्चिम प्रदेशमा नौ सय ७१ जनामा कोरोना देखिएको छ। सुदूरपश्चिममा चार जनाको मृत्यु भएको छ भने ७२ जना निको भएका छन्।

गण्डकी प्रदेश पाँचौ नम्बरमा रहेको छ। पाँच सय २५ जना संक्रमितमध्ये एक जनाको ज्यान गएको छ भने १७ जना निको भएका छन्।

छैटौं नम्बरमा रहेको प्रदेश १ मा चार सय ५४ जनामा कोरोना देखिएको छ। जसमध्ये दुई सय ३२ जना निको भएका छन्। यो प्रदेशमा कसैले कोरोनाबाट ज्यान गुमाउनु परेको छैन।

सबैभन्दा कम प्रदेश बागमती प्रदेशमा तीन सय दुई जनामा कोरोना देखिएको छ। बागमतीमा चार जनाको मृत्यु भएको छ भने ६४ जना निको भएका छन्।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्