Kathmandu Press

क्वारेन्टाइनमै गरे एक युवकले आत्महत्या

बझाङ, असार ८ : बझाङको छविस पाथिभेरा गाउँपालिका ७ बुडखोरीका ३० वर्षीय युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्। स्थानीय मजखोरी माविको क्वारेन्टाइनमा ब....

क्वारेन्टाइनमै गरे एक युवकले आत्महत्या

बझाङ, असार ८ : बझाङको छविस पाथिभेरा गाउँपालिका ७ बुडखोरीका ३० वर्षीय युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्। स्थानीय मजखोरी माविको क्वारेन्टाइनमा बस्दै आएका युवकले सोमबार पासो लागएर आत्महत्या गरेका हुन्।

उनी ६ दिनअघि भारतको बैंगलरूबाट बझाङ आएका थिए। कोरोना संक्रमणको डरले श्रीमती र बच्चालाई बैंगलरूमै छोडेर नेपाल आएका युवक केही दिनदेखि पारिवारिक तनावमा देखिएको वडाअध्यक्ष पदम मण्डेलले बताए। 

उक्त क्वारेन्टाइनमा उनीसहित ४ जना बस्दै आएका थिए।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्