Kathmandu Press

जंगली च्याउ खाँदा पाँच जना बिरामी

दाङ, असार ८ : दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। जंगलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य....

जंगली च्याउ खाँदा पाँच जना बिरामी

दाङ, असार ८ : दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। जंगलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र  ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।

आइतबार बेलुका उनीहरुले जंगलबाट ल्याइएको च्याउ खाएका थिए। बिरामी परेकामध्ये मैतीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्