Kathmandu Press

पिता र भाग्यबारे ट्वीट गर्दा ट्राेल बनिन् सोनम कपूर

काठमाडौं, असार ८ : बलिउड नायिका सोनम कपुर ‘फादर्स डे’का अवसरमा गरेको ट्वीटका कारण चर्चामा छिन्। उनलाई धेरैले ट्रोल बनाएपछि उनी आइतबार दिनभ....

पिता र भाग्यबारे ट्वीट गर्दा ट्राेल बनिन् सोनम कपूर

काठमाडौं, असार ८ : बलिउड नायिका सोनम कपुर ‘फादर्स डे’का अवसरमा गरेको ट्वीटका कारण चर्चामा छिन्। उनलाई धेरैले ट्रोल बनाएपछि उनी आइतबार दिनभर ट्वीटरको ट्रेन्डिङमा रहिन्।  

‘आज फादर्स डेको अवसरमा म एउटा कुरा भन्न चाहन्छु कि आफ्नो पिताको छोरी हुँ। म उहाँकै कारण आज यस स्थानमा छु। मैले विशेषाधिकार पाएकी छु। यो कुनै अपमान होइन। मलाई यो सबै कुरा दिन मेरा पितो कडा मिहिने गरेका छन्,’ उनले ट्वीट गरेकी थिइन्, ‘यो मेरो भाग्य हो कि म कहाँ जन्मिए र कसको परिवारको जन्मिए। मलाई मेरो पिताको छोरी हुनुमा गर्व छ।’

Hardik ivf

जबकी नायक सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नातावाद र परिवादलाई लिएर निकै आलोचना भइरहेको छ। कयौं मानिस सुशान्तको समर्थनमा छन्।

बलिउडमा निर्माताहरु नाम कमाइसकेका कलाकारका छोराछोरीलाई (स्टारकिड्स) मात्र काम गर्ने मौका दिने गरेको आरोप लागेको छ।

सुशान्तको मृत्युपछि सामाजिक सञ्जालमा फिल्म निर्माता करण जोहरलाई यहि मुद्दाका कारण ट्रोल बनेका थिए। जसको कारण जोहरले फिल्म व्यवसायमा जोडिएका धेरैलाई ट्वीटरमा अनफलो गरेका थिए। यसै विवादमा नायिका आलिया भट्ट पनि परेकी छिन्।

अभिनेत्री कंगना रनोट भने बलिउडमा हुने गरेको नातावादविरुद्ध बोल्दै आएकी छन्।

 

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्