Kathmandu Press

कर्णाली प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

सुर्खेत, असार ८ : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार उनीहरुलाई कोरोन....

कर्णाली प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
फाइल फाेटाे

सुर्खेत, असार ८ : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार, उनीहरुलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको छ।

यस अघि प्रदेश अस्पतालमा उपचार गराइरहेका तीन जना बिरामीलाई कोरोना संक्रमण भएको थियो। उनीहरुको उपचारमा संलग्न ४२ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो।

सबै जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमध्ये पाँच जनाको पोजिटिभ आएको अस्पतालका निर्देशक डा.खड्काले बताए। उनीहरु सबैलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ।

अस्पतालका अनुसार, कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मी ल्याब र एक्सरे कक्षमा कार्यरत रहेका छन्। चार जना प्रयोगशालाका र एक जना एक्सरे कक्षमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्