सुष्मिता सेनको डिजिटल डेब्यू
काठमाडौं, असार ८ : बलिउड अभिनेत्री सुष्मिता सेनले डिजिटल डेब्यू गरेकी छन्।
उनी वेबसिरिज आर्याबाट डिजिटिल माध्यममा आएकी छन्। उनको वेबसिरिज १९....

काठमाडौं, असार ८ : बलिउड अभिनेत्री सुष्मिता सेनले डिजिटल डेब्यू गरेकी छन्।
उनी वेबसिरिज आर्याबाट डिजिटिल माध्यममा आएकी छन्। उनको वेबसिरिज १९ जुनदेखि डिज्नीहाटस्टारमार्फत प्रसारण भएको छ।
यहि अवसरमा उनका प्रेमि रोहमन शालले एक भिडियो सेयर गरेका छन्। जसमा सुटिङ सेटका केही दृश्य कैद गरिएका छन्। यसमा रोहमन गिटार बजाउँदै गाइरहेका छन्।
उनले यो भिडियो सेयर गर्दै सुष्मिताको कमब्याकको खुशी साँटेका छन्। उनले पहिलो पटक आर्याको सेटमा गएको पनि उल्लेख गरेका छन्। उनले सुष्मिताको अभियनको प्रसंशा गरेका छन्।
सुष्मिताले पनि यसमा कमेन्ट गर्दै रोहमनलाई धन्यवाद दिएकी छन्। उनले रोहमनलाई प्रेमिसँगै बेस्ट फ्रेन्ड बनेकी छन्।
आर्या सिरिज राम माधवानीले निर्देशन गरेका हुन्। यो उनले नै लेखेका हुन्। यसमा सुष्मिताले आर्या सरीन महिलाको भूमिका निभाएकी छन्। यो डच सिरिज पेनोजाको रिमेक हो।












