Kathmandu Press

एकै दिन थपिएका कोरोना संक्रमितको नयाँ विश्व रेकर्ड

काठमाडौं, असार ८ : एकै दिन थपिएका कोरोना भाइरस संक्रमितको संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ। गत २४ घन्टामा नयाँ संक्रमितकाे संख्या अहिलेसम्मकै ....

एकै दिन थपिएका कोरोना संक्रमितको नयाँ विश्व रेकर्ड

काठमाडौं, असार ८ : एकै दिन थपिएका कोरोना भाइरस संक्रमितको संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ। गत २४ घन्टामा नयाँ संक्रमितकाे संख्या अहिलेसम्मकै उच्च देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, गत २४ घन्टामा एक लाख ८३ हजार संक्रमित थपिएका छन्। जुन अहिलेसम्मकै सबैभन्दा बढी हो।

यसअघि १८ जुनमा सबैभन्दा बढी संक्रमित थपिएका थिए। त्यतिवेला थपिएका संक्रमितको संख्या एक लाख ८१ हजार रहेको थियो।

गत २४ घन्टामा सबैभन्दा संक्रमित थपिएसँगै संसारभर कोरोना संक्रमितको संख्या ९० लाख ५१ हजार तीन सय ९८ पुगेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि चार लाख ७० हजार सात सय ९५ पुगेको छ। अझै ५४ हजार सात सय ३४ जना गम्भीर रहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, अहिलेसम्म ४८ लाख ५१ हजार नौ सय ३५ जना निको भएका छन्।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा संक्रमितको संख्या १० लाख ८६ हजार नौ सय ९० पुगेको छ। जसमध्ये एक लाख २२ हजार दुई सय ४७ जनाको मृत्यु भएको छ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या १० लाख ८६ हजार नौ सय ९० पुगेको छ। जसमा ५० हजार ६ सय ५९ जनाको मृत्यु भएको छ।

त्यस्तै, रुसमा संक्रमितको संख्या पाँच लाख ८४ हजार ६ सय ८० पुगेको छ। जसमध्ये ६ हजार एक सय ११ जनाको मृत्यु भएको छ।

भारत चौथो नम्बरमा पुगेको छ। भारतमा संक्रमितको संख्या चार लाख २६ हजार नौ सय १० पुगेको छ। जसमध्ये १३ हजार सात सय तीन जनाको मृत्यु भएको छ।

नेपालमा पनि संक्रमितको संख्या नौ हजार २६ पुगेको छ। जसमध्ये २३ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म एक हजार सात सय ७२ जना निको भएका छन्।

संक्रमितको संख्या बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ। कयौं देशले लकडाउन खोलेसँगै संक्रमण बढ्न थालेको जनाएको छ। अझै संक्रमण फैलिनसक्ने संगठनले जनाएको छ।

प्रकाशित मिति: १०:३३ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्