मनसुनी वायुको प्रभावले मुलुकभर बर्षा
काठमाडौं, असार ८ : मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू भागमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार दिउँसो प....

काठमाडौं, असार ८ : मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू भागमा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ । प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एकाध ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।
आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
प्रकाशित मिति: ०७:५७ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

