गण्डकी प्रदेशमा थपिए २० जना नयाँ संक्रमित
काठमाडौं, असार ८ : सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अ....

काठमाडौं, असार ८ : सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्याङजाका १२ जना संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकाका १० जना र कालीगण्डकी गाउँपालिकाका २ जना रहेका छन् ।
यस्तै नवलपरासी पूर्वका ८ जना संक्रमित बौद्धिकाली गाउँपालिकाका रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुुगेको छ ।
संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाले सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











