Kathmandu Press

घुस लिएको आरोपमा प्रहरी निरीक्षक निलम्बित

हेटौंडा, असार ७ : भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय घुस लिएको आरोपमा पक्राउ परेका छन्। ठेकेदारसँग १२ हजार रुपैयाँ घु....

घुस लिएको आरोपमा प्रहरी निरीक्षक निलम्बित

हेटौंडा, असार ७ : भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय घुस लिएको आरोपमा पक्राउ परेका छन्। ठेकेदारसँग १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरिएको वागमती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले बताए।

उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान अघि बढाइएको उनले बताए।

यसैबीच हेटौंडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी ५० रुपैयाँको लोभ देखाएर  बलात्कार गरेको आरोपमा  ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको  छ।

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्