उपत्यकामा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार ७ : काठमाडौं उपत्यकामा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता....

काठमाडौं, असार ७ : काठमाडौं उपत्यकामा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएका चार सय २१ संक्रमित मध्ये एक जना ललितपुरको रहेको उनले बताए।
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार ७ सय ७२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमध्ये एक सय ४९ महिला १६ सय २३ जना पुरुष रहेका छन्।









-1792413548.jpeg)

