Kathmandu Press

प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ७ : प्रदेश २ मा गत २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुर प्रादेशि अस्पताल जनकपुरमा गरिएको परीक्षणमा ७ महिला र ७१ ....

प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ७ : प्रदेश २ मा गत २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुर प्रादेशि अस्पताल जनकपुरमा गरिएको परीक्षणमा ७ महिला र ७१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

जस अनुसार सप्तरीमा २ पुरुष, सिराहामा ४ महिला र ४८ पुरुष, महोत्तरीमा २ पुरुष, धनुषामा १ महिला र ७ पुरुष, सर्लाहीमा १ महिला र ८ पुरुष, रौतहटमा १ पुरुष र बारामा १ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो। 

सोसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या २९०२ पुगेको छ।
 

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, असार ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्