कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु, मृतककाे संख्या २३ पुग्यो
काठमाडौं, असार ७ : गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बि....

काठमाडौं, असार ७ : गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले मुम्बईबाट आएर होम क्वारेन्टाइनमा बसेका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।
उनको बिहीबार राति मृत्यु भएको हो।
प्यारालाइसिसको समस्या रहेको पुरुषलाई गाउँपालिकाले परिवारको रेखदेखमा घरमै सुरक्षित रूपमा होम क्वारेन्टाएनमा राख्न सुझाएको थियो।
उनको आरडिटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको थियो। उनको मृत्युपछि स्वाब संकलन भैरहवामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो।
उनको रिपोर्ट आउनु अघिनै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको थियो।









-1792413548.jpeg)

