Kathmandu Press

भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने एन्फाकाे निर्णयकाे विरोध

काठमाडौं, असार ७ : भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विभिन्न संघहरुले विरोध गरेका छन्। 

शुक्....

भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने एन्फाकाे निर्णयकाे विरोध

काठमाडौं, असार ७ : भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विभिन्न संघहरुले विरोध गरेका छन्। 

शुक्रबार बसेको एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरेपछि काठमाडौं, ललितपुर र धादिङ जिल्ला फुटबल संघले संयुक्त रुपमा विज्ञप्तिजारी गर्दै विरोध जनाएका हुन्।

एन्फाले शुक्रबार गौतम सुजखूको अध्यक्षतामा रहेको भक्तपुर जिल्ला कार्यसमिति विघठन गर्दै तदर्थ समिति गठन गरेको थियो।

साफका उपाध्यक्ष मणि कुँवर, काठमाडौं जिल्ला अध्यक्ष वीराटजङ शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दीपक खतिवडाले संयुक्त रुपमा एन्फाको सो निर्णय अमान्य भएको बताएका छन्। उनीहरुले एन्फको उक्त कदमको घोर भत्र्सना पनि गरेका छन्।

उनीहरुले एन्फाले आफ्नो निर्णय सच्याउँदै भक्तपुर जिल्ला फुटबल संघलाई पुनःस्थापना गर्न माग गरेका छन्  विज्ञप्तिमा भनिएको छ, ‘एन्फाका प्रतिनिधिकै रोहबरमा भएको अधिवेशनबाट भक्तपुर जिल्ला फुटबल संघमा गौतम सुजखुको टिम आएको हो। तिनै निर्वाचित जिल्लका प्रतिनिधिहरुको मतका अधारमा एन्फामा कर्माछिरिङ शेर्पाको टिम आएको हो। अब भक्तपुर जिल्ला संघ अवैधानिक हो भने तिनै संघका प्रतिनिधिले चुनेको एन्फको वर्तमान कार्यसमिति चाहिँ कसरी वैधानिक भयो ?’
एन्फाको गलत प्रवृतिको विरोध गरेकाले पूर्वाग्रही भएर एन्फाले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरिएको उनीहरुले आरोप लगाएका छन्। उनीहरुले लिगमा टिम दर्ता र शुल्कसमेत जिल्ला फुटबल संघको प्राप्त अधिकार अनुसार नै भएको जनाएका छन्। 

काठमाडौं जिल्ला अध्यक्ष विराटजङ शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुजखू र धादिङका अध्यक्ष दीपक खतिवडाले लामो समयदेखि एन्फाको अनियमितता छानबिन गर्न माग गरिरहेका छन्। उनीहरुले अख्तियार र संसदको लेखा समितिमा समेत निदेवन दिएका छन्।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्