राप्ती प्रादेशिक अस्प्तालमा उपचाररत प्रहरी जवानको मृत्यु
दाङ, असार ७ : दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्....

दाङ, असार ७ : दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको आइतबार राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा परेका थिए।
मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको भने सामान्यावस्था छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











