Kathmandu Press

पहिरोले थुनियो अरुण, परिवार विस्थापित

संखुवासभा, असार ७ : मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ।

आइतबार गएको पहिराले प्रका....

पहिरोले थुनियो अरुण, परिवार विस्थापित

संखुवासभा, असार ७ : मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ।

आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। 

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ।

स्थानीय हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक  मल्लले बताए। घटनाको विस्तृत जानकारी आइसकेको छैन। प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबैँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई  नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ। 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्