कैलालीमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ७ : कैलालीको जानकी गाउँपालिकामा रहेका पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्....

काठमाडौं, असार ७ : कैलालीको जानकी गाउँपालिकामा रहेका पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीका अनुसार क्वारेन्टाइनमा रहेका मानिसको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।
जेठको ३० गते स्वाब परीक्षणको लागि संकलन गरिएको महिलाको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो।
उनलाई पथरिया स्वास्थ्य चौकीको आइसोलेसनमा राखिएको छ।
उनीसहित सुदूरपश्चिम प्रदेशका ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १५:०० बजे, आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

