कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ७ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन....

काठमाडौं, असार ७ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार संक्रमितहरु सल्यानका ६, दैलेखका २, सुर्खेतका २ र रुकुम पश्चिमका १ जना रहेका छन्।
योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ ।
त्यस्तै कर्णाली प्रदेशमा आज १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ भने हालसम्म ४ जनाको मृत्यु भएको छ।









-1792413548.jpeg)

