गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं असार ७ : गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखरामा....

काठमाडौं असार ७ : गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये दुई महिला र १७ जना पुरुष रहेका छन्। जसअनुसार स्याङजाका १०, नवलपरासी पूर्वका १, कास्कीका २ बागलुङका ५ र तनहुँका १ जना रहेका छन्।
योसहित गण्डमी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय २३ पुगेको छ।
प्रकाशित मिति: १४:०६ बजे, आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

