Kathmandu Press

कतार, साउदी र बहराइनबाट आज पाँच सय ४५ नेपाली ल्याइँदै

काठमाडौं, असार ७ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले  विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपा....

कतार, साउदी र बहराइनबाट आज पाँच सय ४५ नेपाली ल्याइँदै

काठमाडौं, असार ७ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले  विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन्।

नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ। यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९ः०० बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार  नेपाल एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउनेछ। निगमले शनिबार तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो। निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ। 

त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिकाअनुसार  मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौं चार्टर्ड उडान गर्दैछ। एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने उनले बताए।

हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ। कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट तीनवटा उडान गर्नेछ। अगामी मंगलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौं चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

शनिबार एकै दिन १६ उडान भएका  थिए। विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान जारी रहेको छ।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्