Kathmandu Press

म्यानेचेस्टर सिटी सेमिफाइनलमा 

काठमाडौं, चैत ३ : एफए कप फुटवलमा फाइनलमा म्यानचेस्टर सिटी प्रवेश गरेको छ ।

शनिबार राति भएको छैटौं राउण्डको खेलमा स्वान्सी सिटीलाई ३-२ ग....

म्यानेचेस्टर सिटी सेमिफाइनलमा 

काठमाडौं, चैत ३ : एफए कप फुटवलमा फाइनलमा म्यानचेस्टर सिटी प्रवेश गरेको छ ।

शनिबार राति भएको छैटौं राउण्डको खेलमा स्वान्सी सिटीलाई ३-२ गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुरुवाती समयमै दुई गोलले पछि परेको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनगरागमन गर्दै तीन गोल गर्न सफल भयो । म्यानचेस्टर सिटीका लागि बेर्नान्डो सिल्भा र सर्जियो अग्युएरोले गोल गरेका थिए । एक गोल भने स्वान्सी सिटीका खेलाडीले आत्मघाती गरेका थिए ।

खेलको २०औं मिनेटमा ग्रिमेसले पेनाल्टीबाट गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा स्वान्सीका लागि सेलिनाले गोल गर्दै दोब्बर अग्रता दिलाए ।
 

प्रकाशित मिति: ०७:४४ बजे, आइतबार, चैत ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्