मिर्गौला रोगी बालक कोरोना जितेर घर फर्कन सफल
सप्तरी, असार ७ : सप्तरीको राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्किएका छन्।
भारतको द....

सप्तरी, असार ७ : सप्तरीको राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्किएका छन्।
भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को संक्रमण भएको बालक १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए। बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छन्। “बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको सङ्क्रमण सुनेर अत्तालिएकी थिए”, बालककी आमाले भनिन्, “उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ।”
बालक र उनका आमालाई राजविराजस्थित क्वारेन्टाइनमा बसेको १४ दिनपछि पीसिीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
शनिबार उनीहरुसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए। डिस्चार्ज भएका सबैजना भारतबाट आएका हुन्।
सप्तरीमा हालसम्म ७१ जना निको भएर घर फर्किसकेका छन्।
त्यस्तै एक सय ५८ कोरोना भाइरसबाट संक्रमित छन् जसमा १२ जना महिला छन्।











