बुन्डेस लिगा : बायर्न र डर्टमन्ड विजयी
काठमाडौं, असार ७ : जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड दुवै विजयी भएका छन् । शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३–....

काठमाडौं, असार ७ : जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड दुवै विजयी भएका छन् । शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३–१ले हरायो भने डर्टमन्डले आरबी लेइपजिगमाथि २–०को जित निकाल्यो ।
घरेलु मैदनमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले २ गोल गरे भने जोसुवा किमिचको नाममा १ गोल रह्यो । फ्राइबर्गका लुकास होइलरले गोल फर्काए । फ्राइबर्गविरुद्ध बार्यनले १५औं मिनेटमै अग्रता लियो । लेवान्डोस्कीको पासमा किमिचले गोल गरेका थिए ।
२४औं मिनेटमा लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा लुकास होलेरले गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए । तर, ३७औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–१को जित दिलाए ।
यसैगरी आरबी लेइपजिगलाई २–०ले हराउँदै बोरुसिया डर्टमन्डले लिगमा दोस्रो स्थान पक्का गरेको छ । लिगमा १ खेल मात्र बाँकी रहेको अवस्थामा दोस्रो स्थानमा डर्टमन्डले ६ अंकको अग्रता बनाएको छ ।
लाइपजिगको मैदानमा डर्टमण्डलाई जित दिलाउन दुवै गोल अर्लिङ हल्यान्डले गरे । उनले ३०औं मिनेट र दोस्रो हाफको इन्जुरी समयमा हल्यान्डले गोल गरेक थिए ।
लिग च्याम्पियन बनिसकेको बायर्नको ३३ खेलबाट ७९ अंक छ । ४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ । डर्टमन्डको ६९ अंक छ भने तेस्रो स्थानमा रहेको लेइपजिगको ६३ अंक छ ।











