Kathmandu Press

प्रदेश १ मा ११ जना नयाँ संक्रमित, मोरङमा ८ जना

काठमाडौं, असार ६ : प्रदेश १ मा ११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मोरङ, सुनसरी र झापामा गरी ११ जना नायँ संक्रमित थपिएका हुन्....

प्रदेश १ मा ११ जना नयाँ संक्रमित, मोरङमा ८ जना

काठमाडौं, असार ६ : प्रदेश १ मा ११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मोरङ, सुनसरी र झापामा गरी ११ जना नायँ संक्रमित थपिएका हुन्।

नयाँ थपिएका ११ जना मध्ये ८ जना मोरङका रहेको प्रदेश १ को समाजिक विकास मन्त्रलायले जनाएको छ । उनीहरु सबै रतुवामाई नगरपालिका हुन् । 

यस्तै, सुनसरीका २ र झापका १ जनामा पनि संक्रमण देखिएको छ ।  झापाका संक्रामित गौरीगञ्जका हुन् भने सुनसरीका संक्रमित दुवै कोशी गाउँपालिका हुन् । 

अहिलेसम्म प्रदेश १मा संक्रमितको सख्या ४३३ पुगेको छ। जसमा झापाका १७८, मोरङका ११७, सुनसरीका ६३, उदयपुरका ४५, धनकुटाका ८, भोजपुरका ६, खोटाङका ४, ताप्लेजुङका ४, पाँचथरका ३, संखुवासभा र इलामा २–२ तथा  सोलुखुम्बु र तेह्रथुपका १–१ जना छन् ।


 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, असार ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्