Kathmandu Press

खोला तर्दा बगेका युवक पाँच दिनपछि मृत फेला

तनहुँ, असार ६ : शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक पाँच दिनपछि शनिबार मृत फेला परेका छन्।

खोटाङ....

खोला तर्दा बगेका युवक पाँच दिनपछि मृत फेला
सांकेतिक

तनहुँ, असार ६ : शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक पाँच दिनपछि शनिबार मृत फेला परेका छन्।

खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ। (रासस)

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, असार ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्