बैतडीमा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि
बैतडी, असार ६ : शनिबार बैतडीका पाँच जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परी....

बैतडी, असार ६ : शनिबार बैतडीका पाँच जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। योसँग्र बैतडीमा कोरोना संक्रमितको संख्या एक सय २१ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार। मेलौली नगरपालिकाका एक महिला र चार पुरुषमा कोरोना देखिएको हो। उनीहरु १८ देखि ५० वर्षसम्मका रहेका छन्।
उनीहरु भारतबाट आएका थिए। आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि पठाइएको थियो। उनीहरु क्वारेन्टाइनमै रहेका छन्।
संक्रमण पुष्टि भएपछि भने आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि शुक्रबार बैतडीका ६४ जनालाई कोरोना संक्रमण देखिएको थियो। केही दिनयता संक्रमण देखिने क्रम बढेको छ।









-1792413548.jpeg)

