भारतमा कोरोना संक्रमितको संख्या चार लाख नजिक
काठमाडौं, असार ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख नजिक पुगेको छ।
भारतमा आज बिहान मात्रै तीन सय ७० जनामा कोरोनाको संक्रमण पुष्....

काठमाडौं, असार ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख नजिक पुगेको छ।
भारतमा आज बिहान मात्रै तीन सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा १४ हजार सात सय २१ जनामा कोरोना देखिएको थियो।
शनिबार मध्याह्नसम्म भारतमा संक्रमितको संख्या तीन लाख ९६ हजार एक सय ८२ पुगेको छ। अहिलेसम्म १२ हजार नौ सय ७० जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।
विस्तारै संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको छ। अहिलेसम्म दुई लाख १४ हजार दुई सय नौ जना निको भएका छन्।
अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा एक लाख २४ हजार तीन सय ३१ जनामा कोरोना देखिएको छ। जसमध्ये पाँच हजार आठ सय ९३ जनाको मृत्यु भएको छ।
त्यस्तै, दिल्लीमा ५३ हजार एक सय १६, तमिलनाडुमा ५४ हजार चार सय ६४, गुजरातमा २६ हजार एक सय ४१ र मध्य प्रदेशमा ११ हजार एक सय ४२ जनामा कोरोना देखिएको छ।









-1792413548.jpeg)

