कविता : तिमी टिकटकमा नाच हामी ताण्डव गर्छौ
गरिब भोक भोकै मर्यो,
अनि समाचार आयो, जोडियो नम्बर
मर्यो अर्को कोरोनाले मर्यो ।
जवानहरू सडकमा उत्रे,
बल्....

गरिब भोक भोकै मर्यो,
अनि समाचार आयो, जोडियो नम्बर
मर्यो अर्को कोरोनाले मर्यो ।
जवानहरू सडकमा उत्रे,
बल्ल बोल्यो सरकार ।
तिमीहरू किन चिच्याउँछौं,
हातमा आईफोन,
झोलामा मिनरल वाटर,
तिमीहररू त सुकिला छौ,
सुखी छौ।
फेरि भन्छ मरेका वर्ग,
र, तिम्रो वर्ग फरक हो,
मर्न देऊ।
जवानहररू चिच्याए,
सरकारमा त
उत्तरदायित्व हराइसक्यो,
केही हामीमा बाँचेको
मानवतालाई नपखाल ।
पानीको फोहोराले ।
सरकार बोल्यो,
जाऊ, खाऊ
तिमी,
टिकटकमा नाच,
हामी ताण्डव नाच्छौं,
तिमी,
टिकटकमा नाच,
हामी ताण्डव नाच्छौ।
प्रकाशित मिति: १२:३१ बजे, शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












