Kathmandu Press

बलिउडमा पक्षपात गरेर आत्महत्या गर्न बाध्य पारिन्छ : कंगना

काठमाडौं, असार ६ : बलिउड अभिनेत्री कंगना रनोटले बलिउडमा हुने पक्षपातपूर्ण व्यवहारले आत्महत्या गर्न बाध्य पारिने गरेको बताएकी छन्। उनले आफूलाई पनि त्यस....

बलिउडमा पक्षपात गरेर आत्महत्या गर्न बाध्य पारिन्छ : कंगना

काठमाडौं, असार ६ : बलिउड अभिनेत्री कंगना रनोटले बलिउडमा हुने पक्षपातपूर्ण व्यवहारले आत्महत्या गर्न बाध्य पारिने गरेको बताएकी छन्। उनले आफूलाई पनि त्यस्तै व्यवहार गरिएको खुलाएकी छन्।

उनी नायक सुशान्तसिंह राजपुतको आत्महत्यालाई योजनाबद्ध भएको बताउँदै आएकी छन्। बलिउडमा सानो क्षेत्रबाट आएका जोकोहिलाई पनि कुनै सम्मान नदिने र मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाउने गरेको उनको भनाइ छ।

Hardik ivf

सुशान्तले जस्तो दुव्र्यवहार आफूले पनि बलिउडमा भोगेको उने बताएकी छन्। तर हिम्मत नहारेकाले त्यस्तो नियति भोग्नु नपरेको बताएकी छन्।

‘एक पटक जावेद अख्तरले मलाई आफ्ना् घर बोलाएर  राकेश रोशन र उनको परिवार प्रतिष्ठित हुन् भन्दै माफी माग्न भनेका थिए,’ कंगनाले पुरोनाको प्रसंग निकाल्दै भनिन्, ‘माफी नमागे तिमी केही बाँकी रहनेछैनौं। तिमी बर्बाद हुनेबाहेक केहि विकल्प हुनेछैन। तिमी आत्महत्या गर्नेछौं।’

उनले ऋतिक र उनका बुवा राकेशले दुःख दिएको बताएकी थिइन्। उनले ऋतिक र रोकशका विरुद्ध बोलेकी थिइन्।

जसले गर्दा उनलाई ऋतिक रोशनसँग माफी नमाने आत्महत्या गर्नुृपर्ने भनी जावेदले भनेको खुलाएकी हुने। तर, आफू पछि नहटेको कंगनाले बताइन्।

सुशान्तको आत्महत्यापछि बलिउडमा भइरहेको पक्षपातपूर्ण व्यवहारबारे चर्को आलोचना हुन थालेको छ।

 

प्रकाशित मिति: ११:३९ बजे, शनिबार, असार ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्