पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पर्वत, असार ६ : गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ ख....

पर्वत, असार ६ : गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ।
आज बिहान पहिरो गएको हो। पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाउन थालिएको छ। “स्काभेटरले पहिरो हटाउँदैछ,” प्रहरी निरिक्षक सुवेदीले भने, “वर्षा
नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ।” पहिरोका कारण बिहानदेखि सडक अवरुद्ध भएको हो।
यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ। पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो।
विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ। पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।











