Kathmandu Press

क्वारेन्टाइनबाट घर फर्केका ३० जनामा कोरोना, डडेल्धुरा सदरमुकाम सिल

डडेल्धुरा, असार ६ : क्वारेन्टाइनबाट घर फर्केपछि डडेल्धुराका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपको छ। जसले गर्दा डडेल्धुरा सदरमुकाम सिल गरिएको छ।<....

क्वारेन्टाइनबाट घर फर्केका ३० जनामा कोरोना, डडेल्धुरा सदरमुकाम सिल

डडेल्धुरा, असार ६ : क्वारेन्टाइनबाट घर फर्केपछि डडेल्धुराका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपको छ। जसले गर्दा डडेल्धुरा सदरमुकाम सिल गरिएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका शुक्रबार कोरोना संक्रमण देखिएका ५७ जनामध्ये ३० जना घर गएको खुलेको छ। उनीहरु चार दिन अघि घर गएको गाउँपालिका अध्यष नवलबहादुर मल्लले बताए।

रिपोर्ट आउन ढिला भएपछि उनीहरुले घर जान पाउनुपर्ने माग गरेका थिए। त्यसपछि उनीहरुलाई चार दिन अघि घर पठाएको उनले बताए। तर, शुक्रबार उनीहरुलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको छ। उनीहरु गाउँमै रहेका छन्।

कोरोना संक्रमण भएका व्यक्ति गाउँघरमै रहेको पाइएपछि डडेल्धुरामा संक्रमणको जोखिम बढेको जनाउँदै सदरमुकाम सिल गरिएको हो।  अनिश्चितकालका लागि सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताइ। उनले भने, “समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन्। हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ।”

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए।

डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। धेरै सङ्क्रमण गन्यापधुरा गाउँपालिकामै देखिएको छ। गाउँपालिकालाई बिहीबारदेखि नै सिल गरिएको छ।

प्रकाशित मिति: ०९:५२ बजे, शनिबार, असार ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्