मनसुनजन्य विपद् रोक्न आवश्यक तयारीमा जुट्यो गृह मन्त्रालय
काठमाडौं, असार ६ : गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न....

काठमाडौं, असार ६ : गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा शुक्रबार मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । बैठकमका मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिए ।
“मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले भने । गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले बताए ।
यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्नुपर्नेमा मन्त्री थापाले जोड दिए ।









-1792413548.jpeg)

