Kathmandu Press

नागरिकता ऐन बारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै 


काठमाडौं, असार ६ : सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे सचिव....

नागरिकता ऐन बारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै 


काठमाडौं, असार ६ : सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे सचिवालय बैठक बोलाइएको हो ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि पार्टीको औपचारिक निर्णयका लागि नेकपाले  सचिवालय बैठक बोलाईएको बुझिएको छ । नागरिकता विधेयकमाथि नेकपाभित्र छलफल र राय सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

यसअधि प्रधानमन्त्री ओलीले हिजो अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरुसँग नागरिकता विधेकका बारेमा राय लिएका थिए। त्यसपछि सचिवालय बैठक बोलाइएको हो।  मंगलबार बसेको समितिको बैठकले दलहरूबीच सहमति खोज्ने निर्णय गरेको थियो।

त्यसैअनुसार प्रधानमन्त्री ओलीले बिहीबार नागरिकता विधेयकमा सहमति जुटाउन विपक्षी कांग्रेससँग छलफल गरिसकेका छन् । 

प्रकाशित मिति: ०७:५७ बजे, शनिबार, असार ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्