सैन्य गठबन्धनसँग जोडिने कुनैपनि वैदेशिक सहयोग अस्वीकार्य : प्रचण्ड
काठमाडौं, असार ५ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनैपनि सहयोग नलिने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्....

काठमाडौं, असार ५ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनैपनि सहयोग नलिने बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भएको भिडियो कन्फ्रेन्सका क्रममा प्रचण्डले सैन्य गतिविधी जोडिने कुनै वैदेशिक सहयोग नलिने बताएका हुन्।
‘संविधानसँग कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ उनले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ। नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं।’
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का बारेमा भइरहेको विवादकाबीच प्रचण्डलको यस्तो अभिव्यक्ति आएको हो।
सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए। प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको स्पष्ट पारेका छन्।









-1792413548.jpeg)

