Kathmandu Press

अवैध सुन लुकाउने प्रहरी निरीक्षकसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ५ : चीनबाट अवैधरुपमा ल्याइएको सुन लुकाएर हिनामिना गरेको अभियोगमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविर....

अवैध सुन लुकाउने प्रहरी निरीक्षकसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ५ : चीनबाट अवैधरुपमा ल्याइएको सुन लुकाएर हिनामिना गरेको अभियोगमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध ३३ लाख २९ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो।

गत मंसिर २२ गते चीनबाट अवैध एक सय ११ ग्राम सुन नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरी निरीक्षक नेपालले केही व्यक्तिलाई पक्राउ गरेका थिए। नेपालले बरामद गरेको सुन सम्बन्धित निकायमा नबुझाइ आपसमा बाँडफाँड गरी हिनामिना गर्नुका साथै सुनसहित पक्राउ परेका व्यक्तिलाई पनि छोडेको थिए।

विशेष अदालत काठमाडौंमा दायर भएको अभियोग पत्रअनुसार प्रहरी निरीक्षक नेपालले आफै केरुङ्ग नाका गएर अवैध सुन बोकेको गाडी नै नियन्त्रणमा लिएका थिए। नेपालले नियन्त्रणमा लिएका सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीको सहयोगमा बिक्री गर्न लगाएका थिए। लामाले सोही दिन छोवाङ्ग तामाङ्गको सूचनाको आधारमा व्यापारी भुपाल घलेको सहयोगमा काठमाडौंमा ल्याई सुन बिक्री गरेका थिए।

यस्तै प्रहरी निरीक्षक नेपालसहितको सो टोलीले नै गत पुस ११ गते पनि अवैध सुन बरामद गरेको थियो। नेपालले बरामद भएको उक्त सुन पनि हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।

नेपालसहित चार जनाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विगो जरिवाना र कैदको माग गरिएको छ।

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्