आरडिटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु
दार्चुला, असार ५ : दार्चुलामा क्वारेन्टाइनबाट घर फर्किएका २१ वर्षीय युवकको मृत्यु भएको छ। र्यापिड डाइग्नोस्टिक (आरडीटी) परीक्षणको रिपोर्ट नेगेटिभ....

दार्चुला, असार ५ : दार्चुलामा क्वारेन्टाइनबाट घर फर्किएका २१ वर्षीय युवकको मृत्यु भएको छ। र्यापिड डाइग्नोस्टिक (आरडीटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर गएका युवकको बिहीबार मृत्यु भएको हो।
मृतकको बिहीबार स्वाब संकलन गरि परीक्षणको लागि धनगढी पठाइएको छ। तर उनको शव बिहीबार साँझ नै व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।
भारतको बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका युवकको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ देखिएको थियो।
रिपोर्ट नेगेटिभ आएपछि उनलाई एक रात क्वारेन्टाइनमा राखेर जेठ ३० गते घर पठाइएको थियो।
प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











