७४ वर्षीय दम्पतीले जिते कोरोना
काठमाडौं, असार ५ : चितवनको भरतपुर अस्पतालबाट ७४ र ७३ वर्षीय वृद्ध दम्पतीले कोरोना जितेर डिस्चार्ज भएक छन्। फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय ....

काठमाडौं, असार ५ : चितवनको भरतपुर अस्पतालबाट ७४ र ७३ वर्षीय वृद्ध दम्पतीले कोरोना जितेर डिस्चार्ज भएक छन्। फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध र सुगर, प्रेसर र वाथको समस्या रहेकी ७३ वर्षीया वृद्धा शुक्रबार डिस्चार्ज भएका हुन्।
क्यान्सरकै उपचारका लागि भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसँगै उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको थियो।
संक्रमित दम्पतीका छोरा भने यसअघि नै डिस्चार्ज भइसकेका छन्। शुक्रबार वृद्ध दम्पतीलाई अस्पतालले फूल दिएर बिदाइ गरेको छ।
प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











