Kathmandu Press

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नयाँ दिल्ली, असार ५ : भारतमा शुक्रबारमात्रै अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक भएको छ। सरकारी अधिकारीहरुले द....

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नयाँ दिल्ली, असार ५ : भारतमा शुक्रबारमात्रै अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन्।

त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण तीन सय ३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

कुल संक्रमित मध्ये दुई लाख चार हजार ७११ जना संक्रमणमुक्क्त भएका छन्।

भारतको सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन्। महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी दोस्रो धेरै संक्रमित तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना रहेका छन्।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्