Kathmandu Press

सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ५ : सिन्धुपाल्चोकमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुप....

सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ५ : सिन्धुपाल्चोकमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु मेलम्ची क्षेत्रिय क्वारेन्टाइन र बाहुनेपाटी क्वारेन्टाइनमा बसेका मानिसहरु रहेका जनस्वास्थ्य कार्यालय चौताराले जनाएको छ।

संक्रमितमध्ये नौजना कुवेतबाट आएका महिला रहेका छन्। त्यस्तै पाँच दोलखा र चारजना भोजपुरबाट आएका नागरिक रहेका छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्