Kathmandu Press

होम क्वारेन्टाइनमै एक पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउनु अघि नै शव व्यवस्थापन

काठमाडौं, असार ५ : गुल्मीमा होम क्वारेन्टाइन्मा बसेका एक पुरुषको मृत्यु भएको छ। १३ दिन अघि भारतको मुम्बईबाट आएर होम क्वारेन्टाइनमा बसेका ६९ वर्षीय एक ....

होम क्वारेन्टाइनमै एक पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउनु अघि नै शव व्यवस्थापन

काठमाडौं, असार ५ : गुल्मीमा होम क्वारेन्टाइन्मा बसेका एक पुरुषको मृत्यु भएको छ। १३ दिन अघि भारतको मुम्बईबाट आएर होम क्वारेन्टाइनमा बसेका ६९ वर्षीय एक पुरूषको बिहीबार राति मृत्यु भएको हो।

प्यारालाइसिसको समस्या रहेको पुरुषलाई गाउँपालिकाले परिवारको रेखदेखमा घरमै सुरक्षित रूपमा होम क्वारेन्टाएनमा राख्न सुझाएको थियो।

उनको आरडिटी परीक्षणमा एन्टिबडी  पोजेटिभ देखिएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरि भैरहवा पठाइएको छ। 

स्वाब संकलनको रिपोर्ट आउन समय लाग्ने भन्दै उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले बताए।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्