Kathmandu Press

सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न महासंघको आग्रह

काठमाडौं, असार ५ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको कोरोना भाइरसको संक्रमणबाट बच्ने सुरक्षासम्बन....

सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न महासंघको आग्रह

काठमाडौं, असार ५ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको कोरोना भाइरसको संक्रमणबाट बच्ने सुरक्षासम्बन्धी न्यूनतम मापदण्ड पालना गरेर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

शुक्रबार महासंघका अध्यक्ष नरेश कटुवालले अपिल जारी गरि सतर्कता अपनाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन्। अपिलमा भनिएको छ, ‘न्यूनतम दूरी कायम गर्ने, मास्क अनिवार्य रुपमा लगाउने, सबैले छुने ठाउँमा सकभर नछुने, छोइहालेमा स्यानिटाइजर लगाउने, साबुन पानीले समयसमयमा हात धुनेलगायतका सावधानी अपनाउनु हुन नेपाल राष्ट्रिय व्यवसायी महासंघ सम्पूर्ण उद्योगी–व्यवसायी तथा ग्राहकबर्गहरुमा हार्दिक अपिल गर्दछ।’

लकडाउनका कारण धराशायी बन्न लागेको मुलुकको अर्थतन्त्रलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नैपर्ने अवस्था आएको उनको भनाइ छ। यस्तो अवस्थामा सुरक्षा सतर्कता अपनाउनु भने जरुरी रहेको उलने उल्लेख गरेका छन्।

उनले अपिलमा भनेका छन्, ‘कोरोना भाइरसबाट आफू पनि जोगिऔँ र अरुलाई पनि जोगाऔं’ भन्ने मुलमन्त्र ख्याल गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम मापदण्ड पालना गर्नुहुन हामी सबैको जिम्बेवारी हो।’

 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्