गण्डकी प्रदेशमा दुई स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ५ : गण्डकी प्रदेशमा थप ३२ जना कोरोनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना नयाँ संक्रमित थपिएक....

काठमाडौं, असार ५ : गण्डकी प्रदेशमा थप ३२ जना कोरोनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना नयाँ संक्रमित थपिएका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ नगरपालिकामा ५ जना पुरूष र एक महिला, ढोरपाटन नगरपालिकामा ४ जना पुरूषमा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै तनहुँको घिरिङ नगरपालिकामा १४ पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ। पर्वतको कुश्मा नगरपालिकामा ३ पुरूष र २ महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।
नयाँ संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ।









-1792413548.jpeg)

