संशोधित नेपालको संविधान राजपत्रमा प्रकाशन
काठमाडौं, असार ५ : नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ। संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पार....

काठमाडौं, असार ५ : नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ। संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेको थिइन्। नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ। प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

