Kathmandu Press

पर्वतमा दुई डाक्टरसहित पाँच जनामा कोरोना, जिल्ला अस्पताल सिल

पर्वत, असार ५ : दुई जना चिकित्सकसहित पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पर्वत जिल्ला अस्पताल सिल गरिएको छ। आज आकस्मिकबाहेक सबै सेवा बन्द गरिएक....

पर्वतमा दुई डाक्टरसहित पाँच जनामा कोरोना, जिल्ला अस्पताल सिल

पर्वत, असार ५ : दुई जना चिकित्सकसहित पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पर्वत जिल्ला अस्पताल सिल गरिएको छ। आज आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना चिकित्सकसहिच पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देवकोटाका अनुसार, जसमध्ये संक्रमण पुष्टि भएको पाँच जनामध्ये चार स्वास्थ्यकर्मी रहेका छन्।

कोरोना संक्रमण देखिएकामध्ये दुई जना चिकित्सक रहेका छन्। त्यस्तै, एक जना स्टाफ नर्स र एक जना ल्याब प्राविधिक हुन्। उनीहरुसँगै एक जना कार्यालय सहयोगीलाई संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैलाई आइसोलेसनमा राखिएको छ। जिल्ला अस्पतालकै एउटा कोठालाई आइसोलेसन बनाएको डा.देवकोटाले बताए। उनीहरुको उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

पाँच जनामा संक्रमण देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना परीक्षण गर्न लागिएको छ। जिल्ला अस्पतालमा कार्यरत ६५ जनाकै स्वाब संकलन गरिएको छ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल गरिएको छ। आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्