Kathmandu Press

नेकपा नेतालाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताले प्रशिक्षण दिँदै

काठमाडौं, असार ५ : नेकपा नेताहरुलाई चिनीयाँ कम्युनिस्ट पार्टीका नेताहरुले आज प्रशिक्षण दिँदै छन्। चिनीयाँ नेताहरुले अनुशासनलगायतका विषयमा प्रशिक्षण दि....

नेकपा नेतालाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताले प्रशिक्षण दिँदै

काठमाडौं, असार ५ : नेकपा नेताहरुलाई चिनीयाँ कम्युनिस्ट पार्टीका नेताहरुले आज प्रशिक्षण दिँदै छन्। चिनीयाँ नेताहरुले अनुशासनलगायतका विषयमा प्रशिक्षण दिन लागेका हुन्।

आज अपराह्न भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर गोष्टी हुन लागेको नेकपाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागले संयुक्त रुपमा गोष्ठी आयोजना गर्न लागेका हुन्।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेकपा नेताहरुलाई अनुशासनका विषयमा प्रशिक्षण दिनेछन्। त्यस्तै, पार्टी अनुशासन र समसामयिक परिस्थितिका विषयमा पनि प्रशिक्षण दिने जनाएको छ।

प्रशिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललायत नेताहरु सहभागी हुने जनाएको छ। यस अघि पनि दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा विचार गोष्ठी आयोजना गरेका थिए।

गत वर्ष नेकपा र चिनीयाँ कम्युनिस्ट पार्टीबीच एकअर्काबीच अनुभव आदानप्रदान गर्ने सहमति भएको थियो। त्यसयता दुवै देशका नेताहरु अनुभव आदानप्रदान गर्न एकअर्को देशको भ्रमण गर्दै आएका छन्।

 

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्