Kathmandu Press

क्वारेन्टाइन प्रेम बोकेको ‘ए है माया’ गीत सार्वजनिक

काठमाडौं, असार ५ : लकडाउनमा विरलै मात्रामा गीत तथा म्युजिक भिडियो निस्किरहेका छन्। यसैमा ‘ए है माया’ बोलको गीत सार्वजनिक भएको छ।

क्वारेन्टाइन प्रेम बोकेको ‘ए है माया’ गीत सार्वजनिक

काठमाडौं, असार ५ : लकडाउनमा विरलै मात्रामा गीत तथा म्युजिक भिडियो निस्किरहेका छन्। यसैमा ‘ए है माया’ बोलको गीत सार्वजनिक भएको छ।

मेलिना राई र सरोज ओलीको स्वर रहेको गीतमा क्वारेन्टाइनमा रहेका युवायुवतीको प्रेमलाई प्रस्तुत गरिएको छ। दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीत गायक ओलीले नै लेखेका हुन्। यसको भिडियो निर्देशन पनि उनले नै गरेका छन्।

Hardik ivf

यसमा पल शाह, सागल लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको छ । उनीहरुसँगै टिकटकका हिट सुधिर श्रेष्ठ जोडीलाई पनि यस भिडियोमा देख्न सकिन्छ।

विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन्। भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता देखाउन खोजेको छ।

प्रकाशित मिति: १०:४५ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्