Kathmandu Press

कुलेखानी-काठमाडौं सडक सञ्चालन

हेटौंडा, असार ५ : हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक सञ्चालनमा आएको छ। सडकमा रोकिएका सवारी साधान गन्तव्यतिर लागेका छन्।

कुलेखानी ....

कुलेखानी-काठमाडौं सडक सञ्चालन

हेटौंडा, असार ५ : हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक सञ्चालनमा आएको छ। सडकमा रोकिएका सवारी साधान गन्तव्यतिर लागेका छन्।

कुलेखानी काठमाडौं सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा पहिरो गएको थियो। दुवै ठाउँको पहिरो हटाएपछ िसञ्चालनमा आएको हो।

गएरातिदेखि अवरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन सुरु गरिएको थियो। पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए।

प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्