बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ
धनगढी, असार ५ : कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवक परेका छन्।
बलात्कारको आरोपमा गौरीगङ्गा नगरपालिका–४ का....

धनगढी, असार ५ : कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवक परेका छन्।
बलात्कारको आरोपमा गौरीगङ्गा नगरपालिका–४ का १९ वर्षीय नवीन सावद र २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पीडित बालिकाको बयानका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:१० बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

