भ्यालेन्सियालाई रियल मड्रिडले ३-० ले हरायो
काठमाडौं, असार ५ः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई फराकिलो गोल अन्तरले हराएको छ ।
विहिबार राति घरेलु मैदानमा भएको....

काठमाडौं, असार ५ः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई फराकिलो गोल अन्तरले हराएको छ ।
विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३ ० ले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे ।
जितमसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।
प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार