Kathmandu Press

किन लुकाइयो एक हजार ७१ जना डिस्चार्ज भएका संक्रमितको तथ्यांक ?

काठमाडौं, असार ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट निको हुनेको तथ्यांक लुकाएको भेटिएको छ। मन्त्रालयले कोरोना संक्रमण जितेर अ....

किन लुकाइयो एक हजार ७१ जना डिस्चार्ज भएका संक्रमितको तथ्यांक ?

काठमाडौं, असार ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट निको हुनेको तथ्यांक लुकाएको भेटिएको छ। मन्त्रालयले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुने १ हजार ७१ जनाको तथ्यांक लुकाएको देखिएको छ। 

मन्त्रालयले हरेक दिन कोरोना ब्रिफङ गर्दै वेवसाइट, फेसबुक र भाइबरबाट समेत कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिने गरेको छ। मन्त्रालयको झैं सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयले पनि कोरोना सम्बन्धि तथ्यांक सार्वजनिक गर्दै आएका छन्। 

सात प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा डिस्चार्ज हुनेको तथ्यांक १ हजार ७१ ले फरक देखिएको छ। 

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक जोड्दा हालसम्म २ हजार २ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएको देखिन्छ। तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ हजार १ सय ८६ जना मात्रै डिस्चार्ज भएको उल्लेख छ।  

केही समय यता नेपालमा कोरोना संक्रमण तिव्ररुपमा बढिरहेको छ। हालसम्म ७४ जिल्लामा ७ हजार ८४८ जना संक्रमित भेटिएका छन्। जसमध्ये २२ जनाको निधन भइसकेको छ। संक्रमितको संख्या बढिरहँदा निको हुनेको संख्या भने धिमा छ। अझ प्रदेश र केन्द्र सरकारको तथ्यांक नै फरक हुँदा अन्योल थपिएको छ।  

यसले केन्द्र र प्रदेश सरकारबीचको समन्वय कति फितलो छ भने समेत पुष्टि गरेको छ। महामारीसँग जुध्न केन्द्र, प्रदेश र स्थानीय तहबीच बलियो समन्वय हुनुपर्ने हो। तीन तहको बलियो सहकार्य र समन्वय हुँदा मात्रै कोरोना रोकथाम तथा न्यूनीकरणमा प्रभाकारी काम हुन सक्छ। तर, डिस्चार्ज हुनेको संख्यामै ठूलो खाडल देखिनुले हाम्रा सरकारबीचको समन्वयको अवस्थालाई उदांगो पारेको छ।  

हेर्नुहोस् डिस्चार्ज हुनेको तथ्यांक

  1. प्रदेश १ : २२४ जना
  2. प्रदेश २ : ६८३ जना
  3. वागमती प्रदेश : ५० जना
  4. गण्डकी प्रदेश : २२ जना
  5. प्रदेश ५ : ७४४ जना
  6. कर्णाली प्रदेशा : ५०४ जना 
  7. सुदरपश्चिम प्रदेश : ३० जना 
  8. जम्मा : २२५७ जना

स्रोतः सात वटै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्